भारत भ्रमणमा नेपालको विकासको बारेमा छलफल गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा आलीले भारत भ्रमणमा जानुको मुख्य कारण मित्रता भएको बताउनु भएको छ । उहाँले आफ्नो भारत भ्रमणका बारेमा बोल्दै देशको हितका लागि प्रयास गर्ने बताउनुभयो । उहाँले भ्रमणको बेलामा नेपालको जहाज चलाउने र रेल गुडाउने बारेमा पनि छलफल गर्ने बताउनु भएको छ ।
नेपालमा भइरहेको पुनर्निर्माणको बारेमा पनि छलफल गर्ने र पुनर्निर्माणको काम सन्पन्न गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । विकासमा सहकार्यका लागि यो भ्रमण रहने र देशको लाभका लागि यो भ्रमण रहने उहाँले बताउनुभएको छ ।
उहाँले भूकम्प पछिको असरल्लतालाई सम्पन्न गर्ने, प्रदेश र स्थानीय तहमा कसरी राम्रोसँग काम गर्ने वातावरण बनाउन सकिन्छ भन्ने बारेमा पनि हामीले छलफल गरेर ढिलो नगरी काम गर्नुपर्ने बताउनुभयो ।
ओलीले नेपालललाई अल्पविकशित देशबाट तीन वर्षभित्रमा विकाशशील राष्ट्रमा लैजाने, कृषि उद्योग, पर्यटन, हवाई मैदान, हवाइमार्ग, रेलमार्ग, फास्ट ट्र्याकलगायत विकासका क्रियाकलाप कसरी छिटो भन्दा छिटो गर्न सकिन्छ, यीनै विषयमा केन्द्रीत रहेर भारत भ्रमणका बेलामा छलफल गरिने ओलीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशलाई नोक्सान पर्ने कुनै काम भ्रमणका क्रममा हुने छैन । देशको शिर उठ्ने र देशलाई लाभ हुने काम मात्रै गरिने छ ।’
उज्यालो अनलाईनबाट