प्रधानमन्त्री ओलीलाई राहुल गान्धीले भेटे

भारतको तीन दिने राजकीय भ्रमणमा दिल्ली पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष तथा विपक्षी दलका नेता राहुल गान्धीले भेट्नुभएको छ ।
राहुल गान्धीसँगै भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह, पूर्व केन्द्रीय मन्त्री अानन्द शर्मालगायतका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेट्नु भएको छ । भेटका अवसरमा द्विपक्षीय सम्बन्ध तथा समसामयिक विषयमाथि छलफल भएको दिल्लीस्थित नेपाली दुतावासले जनाएकाे छ ।
नेपालका तर्फबाट प्नधानमन्त्रीसँगै प्नधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनुहुन्थ्यो ।