मोदी वैशाख अन्तिम हप्ता नेपाल आउने !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम हप्ता नेपालको भ्रमण गर्ने सम्भावना बढेको छ । मोदीले वैशाख २८ देखि (मे ११ तारिखमा) नेपालको भ्रमण गर्ने दावी सहितको खबर भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले छापेको छ ।
भ्रमणका क्रममा मोदीले जनकपुरको पनि भ्रमण गर्न सक्ने खबरमा उल्लेख छ ।
मोदीले सार्क शिखर सम्मेलनका बेला सन् २०१४ मै जनकपुरको भ्रमण गर्ने बताए पनि अन्तिम समयमा रद्द भएको थियो ।
भ्रमणको तारतम्य दुईजना नेपाली एकजना भारतीय सरकारी अधिकारी र एकजना नेताले मिलाइरहेको खबरमा दावी गरिएको छ ।
यो मोदीको तेश्रो नेपाल भ्रमण हुनेछ ।
नेपालमा संविधान जारी भए लगत्तै भारतले नाकाबन्दी गरेपछि बिग्रिएको दुई देशको सम्बन्ध सुधारका लागि भारत र नेपालले पनि प्रयास गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ गतेदेखि गरेको भारत भ्रमणका क्रममा मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।