ओली र प्रचण्डको संयुक्त घोषणा : विगतमा जे भयो बिर्सियौं, एकतामा ब्रेक लाग्दैन

फाईल फोटो
ए वान डेस्क
९ बैशाख २०७५, आईतवार १८:४७

संयुक्तसभामा राखिने ब्यानरको विषयलाई लिएर ३ घन्टा ढिलो सुरु भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतामा अब ‘ब्रेक’ नलाग्ने विश्वास दिलाएका छन् ।

ब्यानरमा लेलिनको फोटो नभएको भन्दै हल्लाखल्ला भएपछि १ बजे सुरु हुने कार्यक्रम ४ बजेपछि मात्रै सुरु भएको थियो । तर यस्ता गतिविधिबाट निराश बनेका कार्यकर्तालाई २ नेताले अब कुनै पनि हालतमा पार्टी एकता भएरै छाड्ने र त्यो सम्मानजक, न्यायोचित अनि समानताको आधारमा हुने पनि दाबी गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, ‘विगतमा प्रचण्डले पनि मलाई केही भन्नुभयाे होला अनि मैले पनि उहाँलाई के–के भनेहोला, तर अब हामी एक ठाउँमा छौं, विगत बिर्सेर हामीले एक हुने घोषणा गरिसकेका छौं, अब हामी अघि जाने गाडीमा चडिसक्यौं पछाडि फर्कने ठाउँ छैन ।’

कार्यक्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई भाड्न धेरै षड्यन्त्र भैरहेको तर यसलाई पञ्छाएर अघि बढ्ने जानकारी दिनुभयो । ‘एकताको मिति तोक्यो भने विभिन्न षड्यन्त्र हुँदा रहेछन, त्यसैले हामीले पहिले मिति नै नतोकि ड्याम्मै एकता गर्ने हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टी मिल्नुको विकल्प नरहेको बताउनुभएको हाे । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफूहरुसँग पार्टी एकता सफल पार्नुबाहेकको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मानजनक, समानता र न्यायोचित तरिकाले पार्टी एकता हुनुपर्नेमा जोड दिनुभयो । विस्तृत शान्ति सम्झौतादेखि नै एमालेसँग एकताको कुरा चले पनि अहिले आएर त्यसले पूर्णता पाउने क्रममा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

ठूलो प्रक्रियामा भएका केही असमझदारीहरुलाई लिएर एमाले र माओवादीबीच एकीकरण हुँदैन कि भनी टिप्पणी नगर्न पनि प्रचण्डको आग्रह छ ।
उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*