प्रदेश ३ मा अधिवेशन आह्वान

ए वान डेस्क
२४ बैशाख २०७५, सोमबार १५:०६

प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइरालाले नेपालको संविधान, २०७२ को १८३ धाराको उपदफा १ बमोजिम प्रदेशसभाको अधिवेशन आगामी जेठ १ गते मंगलबार दिउँसो १ बजे हेटौँडामा बैठक बस्ने गरी आह्वान गर्नुभएको छ ।

सो वर्षे अधिवेशनमा आर्थिक वर्ष २०७५÷७६ का लागि अनुमानित बजेट प्रस्तुत हुनाका साथै केही सार्वजनिक हितका विधेयकहरु पनि पेश हुने र बजेटको विनियोजित छलफल कार्यक्रम सकिएपछि बजेट पारित हुने लक्ष्य राखिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बुढाथोकीले जानकारी दिनुभयो ।
उक्त अधिवेशनको समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आवश्यक प्रेस पास एक हप्ताभित्र उपलब्ध गराउन सचिवालयले तयारी गरीरहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*