ओली-प्रचण्डबीच बराबरीमै कुरा मिलेन

ए वान डेस्क
२७ बैशाख २०७५, बिहीबार ०६:५६

एमाले र मोओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषित रुपमा पार्टी एकिकरणको मिति तय हुन सकेको छैन ।

दुबै पार्टीले अन्तिम तयारी पुगोको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन ।

पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच दर्जनौंपटक भएको वार्ता र छलफलबाट पनि सहमति जुट्न सकेको छैन ।

पार्टी एकताका लागि विचार, सिद्धान्तमा कुनै विवाद नभए पनि सांगठनिक विषयमा ओली र प्रचण्डबीच कुरा मिल्न सकेकोे छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*