एमाले बाराद्धारा पीडित किसानलाई राहत उपलब्ध गराउन माग

नेकपा एमाले जिल्ला कमिटी बाराले असिना पीडित किसानलाई राहत उलब्ध गराउन माग गरेको छ ।
हावा हुरीसँगै परेको असिनाले किसानले हजारौँ बिघामा लगाएको बालीलाई क्षति पुरयाउनुका साथै बिद्यालय र घरका छाना उडाएकोप्रति गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।
‘मकैमा दाना नलागेर पीडित बनेका किसानलाई पटक–पटक परेको असिनाले बालीमा क्षति पुर्याउनुका साथै बिद्यालयलगायत किसानका घरको छाना समेत उडाएको छ’, प्रचार विभाग प्रमुख मनोज पौडेलल जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस प्रति दुःख ब्यक्त गदै क्षतिको तत्काल लगत संकलन गरि राहत उपलब्ध गराउन केन्द्र तथा प्रदेश सरकारसँग एमाले बारा जोडदार माग गर्दछ ।’