पूर्वराजा ज्ञानेन्द्र शाह सिमरामा, लगाईयो ‘राजा आउ देश बचाउ’को नारा
फोटो : हेडलाईन खबरबाट

ए वान डेस्क /
पूर्वराजा ज्ञानेन्द्र शाह आज बाराको सिमरा आउनुभएको छ । शाहसंगै उनका निजी सचिव सागर तिमल्सिना, अर्दली, सशस्त्रका सुरक्षाकर्मीलगायतको टोली सिमरा आएको हो । दिउसो ३ बजेको बिमानमा पुर्वराजा शाह आज सिमरा आउनुभएको हो ।
करिब तीन साता लामो भ्रमणका लागि पुर्व राजा शाह सिमरा आउनुभएको निर्मल निवास स्रोतले जनाएको छ । त्यस अवसरमा सिमरामा रहेका बालसखा प्रभु शमशेरको घरमा बसी त्यहीँबाट राजनीतिक भेट गर्ने बताइएको छ ।
उक्त क्रममा उनले विभिन्न राजावादी दलका नेता, कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । यसअघि सिमरा बिमानस्थलमा पुर्वराजा शाहलाई स्वागत गर्दे उनका समर्थकहरुले ‘राजा आऊ देश बचाऊ’को नारा लगाएका थिए ।