यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

ए वान डेस्क
२ जेष्ठ २०७५, बुधबार ०८:३३

निजी मेडिकल कलेजहरुले स्नातकोत्तर एमडी÷एमएस तहमा सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क खुलेआम लिईरहँदा पनि नियमनकारी निकायको उदेकलाग्दो छ भन्दै आजको कान्तिपुर दैनिकले ‘चिकित्सा शुल्कमा मनोमानी’ भन्ने शीर्षमा सम्पादकीय लेखेको छ ।

त्यस्तै , सोमबारदेखि लोडसेडिङ अन्त्य भएको घोषणा नेपाल विधुत प्रधिकारणले गरेको छ । १५ बर्षअघि सुरु भएर दैनिक १८ घण्टासम्म र बर्षयाममा समेत पाँच, ६ घन्टा लोडसेडिङ भईरहेको अवस्थाबाट लोडसेडिङ अन्त्य हुने अवस्थामा आईपुगेको भन्दै, आजको गोरखापत्र दैनिकले ‘जलविधुत्मा आत्मनिर्भरता’ भन्ने शीर्षकमा सम्पादकीय लेखेको छ ।

त्यस्तै नागरिक दैनिकले ‘अविछिन्न उज्यालो’ शिर्षका एक दशकपछिको एउटा सबैभन्दा सुखद खबर हो—सबै क्षेत्रमा लोडसेडिङ हट्नु । नेपाल विधुत प्राधिकरणले सोमदारदेखि मुलुकका कुनै क्षेत्रमा पनि लोडसेडिङ नहुने घोषणा गरेपछि यो सुखद अवस्था आएको भनि लेखेको छ ।

संविधान अनुसार जेठ १५ गतै नै बजेट ल्याउनुपर्ने प्रवाधान छ । सरकारले तोकिएै मितिमा बजेट पनि ल्याउने गर्छ । तर विकास बजेटको अवस्था हेर्ने हो भने निकै दयनीय छ भन्दै आजको नेपाल समाचारपत्रले ‘किकास बजेट किन खर्च हुन सकेन ?’ भन्ने शिर्षका सम्पादकीय लेखेको छ ।

सरकार यतिखेर आउँदो आर्थिक बर्षको बजेटको तयारीमा छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तीति तथा कार्यक्रम जेठ ७ गते संसद्को दुवै सदनमा पेस गर्ने निर्णय गरेको छ, यसअघि जेठ १ गते नै नीति तथा कार्यक्रम पेस गर्ने भनिएको थियो भन्दै ‘करसम्बन्धी दोहोर सोचाई’ शिर्षकमा आजको कारोवार दैनिकले सम्पादकीय लेखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*