सांसद निलम्बनको विषयमा मतदान हुने

ए वान डेस्क
२ जेष्ठ २०७५, बुधबार ०८:४८

प्रतिनिधिसभाको नियमावलीमा पक्राउ परेका सांसदलाई निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा संसदमा मतदान हुने भएको छ ।

नियमावलीमा निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा प्रमुख दलहरु विभाजित भएपछि सभामुख कृष्ण बहादुर महराले मंगलबार अनौपचारिक रुपमा प्रमुख दलका शीर्ष नेतासँग दिनभर छलफल गरेका थिए ।

छलफलमा दलहरुबाट आआफ्नो अडान कायम रहेपछि यसलाई मतदान गरेर टुंगो लगाउने तयारी गरिएको एमालेका एक नेताले बताए । आजको नागरिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*