जीतपुरसिमरा : वडा नम्बर ३ मा ६० लाखको योजना, कहा–के भयो ?

प्रदिप गौतम /
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर ३ मा नगरसभाबाट बिनियोजित योजनाको काम तिब्र रुपमा भईरहेको छ । वडा नम्बर ३ मा नगरसभाबाट बिनियोजित ६० लाखमा ९ वटा योजना परेको थियो । जसअनुसार सबैभन्दा धेरै बाटो मर्मतको काम परेको छ ।
केही योजना बाहेक वडा नम्बर ३ मा सबै योजनाको काम लगभग सम्पन्न भएको वडा अध्यक्ष जगरनाथ घिमिरेले ए वान समाचारलाई जानकारी दिनुभयो । ‘उपभोक्ता समितिमार्फत लगभग योजनाको काम सकिएको छ, अब केहि काम मात्र बाकी छ’ अध्यक्ष घिमिरेले भन्नुभयो ।
कहा–के भयो ?
सडक ढलान
वडा नम्बर ३ मा सडक ढलानको लागी १५ लाख रुपैया परेको छ । प्रभु निवासदेखि रातो गोदामसम्म चुना भट्टाको बाटो र नाला ढलान गर्ने काम अझै शुरु हुन सकेको छैन् ।
पुल तथा बाटो मर्मत
पुल तथा बाटो मर्मतका लागी १० लाख बिनियोजन गरिएको छ । जसमा बजनी रामवन शिव मन्दीर जोड्ने पुल र बाटो मर्मत गर्नुपर्ने हुन्छ । १० लाख योजनाको काम उपभोक्ता समितिमार्फत सम्पन्न भईसकेको छ । मदन तिमिल्सनाको अध्यक्षतामा गठित उपभोक्ता समितिले सो योजनाको काम सम्पन्न गरिसकेको छ ।
पुल निमार्ण तथा बाटो मर्मत
पुल निमार्ण तथा बाटो मर्मतका लागी ८ लाख रकम छुट्टाईएको छ । वन समिति नजिकको पुल र मुर्नीमाई पुलदेखि रामवन शिव मन्दीरसम्मको बाटो मर्मतको कामपनि सकिएको छ । जसको काम टेकबहादुर श्रेष्ठ नेतृत्वको उपभोक्ता समितिले गरेको थियो ।
बाटो फाराकिलो ग्रेभल तथा पक्की नाला निर्माण
बाटो फाराकिलो ग्रेभल तथा पक्की नाला निर्माण गर्न ७ लाख बिनियोजन गरिएको छ । मिस्त्री चोकदेखि कुन टोल नुमना वस्तीसम्मको बाटो निमार्ण गर्ने कामपनि सम्पन्न भईसकेको छ । सो उपभोक्ता समितिमा अध्यक्ष महिला हुनुहुन्छ । फुलमाया तामाङ्गको अध्यक्षतामा गठित समितिले योजनाको काम सम्पन्न गरिसकेको छ ।
बाटो मर्मत
बाटो मर्मतका लागी ५ लाख छुट्टाईएको छ । वडा भरीको भित्रि बाटो मर्मत गर्ने कामपनि सम्पन्न भईसकेको वडा अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । मुकेस शाहको अध्यक्षतामा गठित उपभोक्ता समिमितले वडा भित्रको सबै बाटो मर्मत गर्ने काम सम्पन्न गरिसकेको उहाले बताउनुभयो ।
आयमुलक तालिम
आयमुलक तालिमका लागी ३ लाख बजेट बिनियोजन गरिएको छ । आयमुलक तालिम अन्र्तगत वडा नम्बर ३ मा लोकसेवा तयारी कक्षा सञ्चालन भईरहेको छ ।
चौतारा निर्माण
चौतारा निर्माण गर्नको लागी २ लाख बजेट छुट्टाईएको छ । रामवनको चौतारा निर्माण गर्ने जसको जिम्मा धनबहादुर श्रेष्ठ नेतृत्वको समितिले पाएको थियो ।
पुल निर्माण तथा बाटो स्तरउन्नती
पुल निर्माण तथा बाटो स्तरउन्नतीका लागी ५ लाख बजेट बिनियोजन गरिएको छ । बजनी स्कुल नजिकैको पुल निर्माण तथा बाटो स्तरउन्नती गर्ने कामपनि सम्पन्न भईसकेको छ । राजेन्द्र सुवेदीको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले सो काम सम्पन्न गरिसकेको छ ।
पुल तथा बाटो मर्मत
पुल तथा बाटो मर्मतका लागी ५ लाख बिनियोजन गरिएको छ । जंगल छेउको बाटोदेखि भाष्कर टोल हुदै शिव मन्दीर जाड्ने पुल तथा बाटो मर्मतको कामपनि सम्पन्न भईसकेको छ । जसको काम अमित कुवर नेतृत्वको उपभोक्ता समितिले पाएको थियो ।
सबै योजनाको काम संतोषजनक रहेको वडा अध्यक्ष घिमिरेले बताउनुभयो । ‘उपभोक्ता समितिमार्फत भएको सबै कामको हामीले अनुगमन गरिसकेका छौ, काम राम्रो भएको छ’ वडा अध्यक्ष घिमिरेले भन्नुभयो ।