प्रथम कलैया मेयर कपको उपाधि बारा ११ को पोल्टामा

ए वान डेस्क
२ जेष्ठ २०७५, बुधबार २२:०३

बाराको कलैयामा जारी प्रथम कलैया मेयर कपको उपाधि बारा ११ को पोल्टामा पारेको छ । मौवादेवी युवा क्लब बडहर्वालाई टाईबेकरमा ४–२ गोलले पराजित गर्दै बारा ११ ले पहिलो मेयर कपको उपाधि जितेको हो ।

कलैयाको दुर्गा माध्यमिक विद्यालयको खेल मैदानमा बुधबार दिउँसो भएको खेलमा दुवै टिमबाट निर्धारित ७० मिनेटको गोल हुन नसकेपछि खेल टाईबेकरमा धकलिएको थियो । मौवादेवीले निजगढलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो भने बारा ११ ले बकुलियालाई पाखा लगाउदै फाईनल यात्रा तय थियो ।

बारा ११ ले पिपरा गोल्डकप, निजगढ गोल्डकप र पर्सागढी गोल्डकपको उपाधि जितेको थियो। यो वर्षको सुरुवातमा बारा ११ पहिलो उपाधि जितेको हो । साक्षर सामुदायिक सिकाई केन्द्र कलैयाको आयोजना तथा कलैया उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ।

खेलको म्यान अफ म्याच रबिन्द्र चौधरी घोषित भए । बारा ११ ले उपाधि सहित २५ र उपविजेता बडहर्वाले १५ हजारमा चित्त बुझाएको प्रतियोगिता संयोजक साजिर मन्सुरले जानकारी दिए।

विजयी टिमलाई कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादबले चेक हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*