कस्तो बन्छ एमाले माओवादीको नयाँ दल ? एकता घोषणा अघि के–के हुँदैछ ?

ए वान डेस्क
३ जेष्ठ २०७५, बिहीबार १०:५१

नेकपा एमाले र माओवादी केन्द्रले विहीबार पार्टी एकताको घोषणा गर्ने बताएका छन् । यसका लागि विहीबार बिहान १० बजेपछि पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

समितिले एकताको औपचारिक निर्णय गर्ने दुवै दलले जनाएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतासम्बन्धि प्रस्ताव पेश गर्ने र त्यसलाई समितिले अनुमोदन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

कस्तो बन्छ नयाँ दल

नयाँ दलको नाम नेपाल कम्युनिष्ट पार्टी ।

नेतृत्व–केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले गर्ने । (ओली सरकारमा र प्रचण्ड पार्टीको संगठनमा बढी केन्द्रित हुने र पार्टीका निर्णयमा दुवै नेताको भूमिका बराबरी हुने समझदारी ) ।

चुनाव चिन्ह सूर्य ।

केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय (एमालेका २ सय ४१ र माओवादीका २ सय जना)स्थायी समिति ४३ सदस्यीय (एमालेका २५ र माओवादीका १८ जना) ।

महाधिवेशन २ वर्षभित्र गर्ने ।

सरकारको नेतृत्व फेर्नेबारे तत्काल केही उल्लेख नगर्ने ।

मार्गदर्शक सिद्धान्त महाधिवेशनले टुंगो लगाउने तत्काललाई माक्र्सबाद–लेनिनबादलाई मार्गदर्शक सिद्धान्त मानिने ।

जनताको बहुदलीय जनवाद र माओवादलाई महाधिवेशन हुँदासम्म बहसमा लैजाने ।

विहीबारका कार्यक्रम

विहीबार एमालेको पुरानो कार्यालय रहेको ठाउँ बल्खुमा एमालेले आयोजना गर्ने मदन आश्रीत स्मृति सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागि हुने ।

एमाले माओवादी दुवै दलका कार्यकर्तालाई दुवै अध्यक्षले संबोधन गर्ने ।

एकता संयोजन समितिको बैठक बस्ने ।

एकताको निर्णयलाई अनुमोदन गर्ने ।

दुवै दलका केन्द्रिय समितिको बेग्लाबेग्लै बैठक बस्ने ।

बैठकले पार्टी एकता गर्ने र आ आफ्ना केन्द्रीय कमिटी भंग भएको एकै ब्यहोराको निर्णय गर्ने ।

पार्टी एकताबारेको जानकारी निर्वाचन आयोगलाई दिने ।

पत्रकार सम्मेलन गरि औपचारिक निर्णय जानकारी गराइने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*