एकता संयोजन समिति बैठक : नयाँ पार्टी घोषणा अपरान्ह ४ बजे

ए वान डेस्क
३ जेष्ठ २०७५, बिहीबार १४:४६

नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकता संयोजन समिति बैठक केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सकिएको छ ।

बैठकले दुई दलबीचको एकताका यसअघि दुई पार्टीमा भएका निर्णयलाई अनुमोदन गर्दै आजै अपरान्ह ४ बजे नयाँ पार्टी घोषणा गर्ने निर्णय गरेको छ ।
बैठकले एकतापछिको नयाँ पार्टीको पहिलो बैठक पनि आजै बस्ने निर्णय गरेको छ । यसअघि दुई पार्टीका नेताले मदन भण्डारी र जीवराज आश्रितको २५ औँ स्मृति दिवसका असवरमा एमालेको पुरानो कार्यालय मदननगर बल्खु पुगेर माल्यार्पण गरेका थिए ।

त्यो कार्यक्रममा दुवै पार्टीका अध्यक्षले आजै एकता घोषणा गर्ने बताउँदै कम्युनिस्ट राजनीति नयाँ उचाईमा पुगेको घोषणा गरेका थिए ।

बालुवाटारको एकता संयोजन समिति बैठकपछि दुवै पार्टीको अन्तिम केन्द्रीय कमिटि बैठक बसेर एकता प्रक्रियालाई अनुमोदन गर्ने भएका छन् । त्यसपछि दुवै पार्टीको संयुक्त केन्द्रीय कमिटि बैठक बस्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*