प्रदेश ३ मा मुख्यमन्त्रीको सय दिन, भन्छन् – ‘सानो बालकको दौडाई कति होला ?

ए वान डेस्क
६ जेष्ठ २०७५, आईतवार २२:२५

प्रदेश ३ को सरकारले एक सय दिन पूरा गरेको छ । सय दिन पूरा गरेको प्रदेश सरकारले केन्द्रले कानुन र कर्मचारी नपठाउँदा काम गर्न नसकेको बताएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्र सरकारले कानुन नपठाए पनि प्रदेशलाई अत्यावश्यक १२ कानुन निर्माणको क्रममा रहेको बताए । केन्द्र सरकारले मोडल कानुन र कानुन अधिकृतहरु नपठाउँदा काम गर्न समस्या भएको बताए ।

एक सय दिनको बालकको रुपमा हिँडिरहेको भन्दै मुख्यमन्त्री पौडेलले प्रश्न गरे ‘सानो बालकको दौडाई कति हुन सक्ला ?’

केन्द्र सरकारले पहिले नै कानुन दिएको भए हिडेर धेरै अघि बढ्न सक्ने बताउँदै उनले आफूहरुको पाइला केन्द्रले रोकेको टिप्पणी गरे । ‘कानुन र जनशक्ति नआउँदा गति लिन नसकेका हौं । तै पनि हामीले गति लिएका छौं’ उनले भने ।

जेठभित्र १० वटा कानुन निर्माण गर्ने बताएका मुख्यमन्त्री पौडेलले अहिले ५ वटा कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । कानुन निर्माणसँगै सरकारले पनि गतिलिने उनको भनाइ छ ।

केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसरिहेको भन्दै मुख्यमन्त्री पौडेलले सहकार्य र समन्वय नभए ठूलो दुर्घटना हुने टिप्पणी गरे । उनले प्रदेश र स्थानीय सरकारले केन्द्र सरकार भन्दा फरक भएर हिडेमा समृद्धिको सपना पूरा नहुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*