सामाजिक सञ्जालमा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले किन लेखे यस्तो ?

ए वान डेस्क
६ जेष्ठ २०७५, आईतवार २३:१५

ए वान डेस्क /

आफ्नो नाम केन्द्रिय कमिटिमा नसमेटिएकोभन्दै पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तत्कालिन नेकपा एमालेका नेता पौडेलले असन्तुष्टि जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले मापदण्ड विपरीत नेकपाका लागी केन्द्रिय सदस्य चयन गरिएकोभन्दै नेतृत्वको आलोचना गरेका हुन् । यस्तो छ उनको स्टाटस :

मैले दासत्व स्वीकार गरीन !

तत्कालीन नेकपा एमालेले केन्द्रीय कमिटीका सदस्यहरूको नाम वाहिर ल्याएको देखियो ! सवै सदस्यहरूलाई वधाई छ !
मनोनीत गर्नु भन्दा पहिले मापदण्ड वाहिर आएको थियो ! अघिल्लो महाधिवेशनमा पराजितहरू, पूर्व के स हरू, जन-संगठनको नेतृत्व गर्नेहररू अनी योग्य र कार्य कुशलता भएकाहरूलाई मनोनीत गर्ने ! तर मनोनीतहरूको लीष्ट हेर्दा चाहि मापदण्ड हराएको वेलामा मनोनयन परे जस्तो लाग्यो !
मनोनयन ले इतिहास त विर्षेकै छ ! कार्यकुशलता सकृयता कता हो कता ! वर्षौ वर्ष देखि पार्टि कामवाट हराएका कमरेडहरूले समेत नेताहरूको मन जीत्न सफल हुनु भएको छ ! मन जीत्न सफल हुनेहरूलाई पनी वधाई !
म स्वयम गत महाधिवेशनमा मात्र दुई मतले पराजित भएको हू ! आठ वर्ष देखी नेपाल खेल-कूद महासंघ को अध्यक्ष भएर काम चलाई रहेको छु ! पूर्व के सदस्य र 44 वर्षमै एमालेको सल्लाहकार भएको व्यक्ति हु ! तर म केन्द्रीय कमिटीमा अटाऊन सकिन ! कारण के हो मैले थाहा पाऊन पनी सकिन ! कसलाई सोध्ने हो ? त्यो पनी थाहा छैन !
भनिन्छ कम्युनिस्ट पार्टीमा न्याय हुन्छ ! समानता हुन्छ ! तर खोई समानता ! आफ्नालाई काखा ! अरूलाई पाखा ! ओहो समानता को नमूना!
कसैलाई ऊपरी माथी थुप्री ! कसैलाई ठण्डाराम ! सामाजिक न्यायले समेत आरक्षण एक पटक भन्छ तर याहा लगातार तिन पटक सम्म दान गरेको देखियो !
टिकट, सभा, मन्त्रीजी अनी पार्टी पनी !
म पैतीस साल को पार्टी सदस्य हु ! सोर वर्षमा जेल परे ! 20 वर्षमा निजगढको जनपक्षीय प्रधानपंच भए !
पैतिस सालमा पार्टी सदस्य भए देखि आज सम्म लगातार पार्टी काममा छु ! कतै आराम गरेको छैन ! अहिले त्यसैको फल मिलेको पो हो कि ? टिकटमा 2 छेत्रवाट नाम आयो टिकट चट भो ! राष्ट्रीय सभामा नाम आयो त्यों पनी चट भो ! त्यसले मलाई कुनै चिन्ता थिएन तर अहिले पार्टि कामको अवसर पनी चट भो ! यो जादु कस कस्मा चल्यो ? थाहा छैन ! म माथी भने भव्य संग चलाईयो !
म कसैको दास हुन सकिन ! मैले कुनै मालिक रिझाऊन पनी सकिन ! मैले मनोनयनको लागी घर-दैलो गरिन ! ढोका-ढोका चहार्नु पनी ऊचित ठानिन ! कम्युनिस्ट पार्टीमा त्यसो गर्ने काम मार्क्सवादमा कतै पढिन ! न कसैले मलाई सिकायो ! नजानेको कुरा म कसरी गर्न सक्थे र ?
आज मलाई पिडावोध भई रहेको छ ! मैले राजनिती सिकाएका मात्र होईन मलाई नेपाल खेलकुद महासंघ मा राखी दिनु पर्यो भन्न आऊने कमरेडहरू समेत केक मा देखीरहेको छु ! त्यसमा मलाई कुनै ईर्ष्या होईन ! तर पार्टिको जिम्मेवारी हिनताले मलाई भने सन्यासी वनाऊने खतरा आएको छ ! यस्तोमा मैले के गर्न सकुला ! मेरो मार्क्सवादले सिकाएको स्वाभिमानले के भन्ला ? यसको जवाफ कस्ले देला ?
हुनत मनको वह कसैलाई न कह भन्छ! तर राजनितीमा त्यस्तो हुन्न ! यस्तो खालकों पीड़ा अरूलाई पनी परेको होला यसो शेयर गरेर सन्तोष गर्न पाए पनी मन हलुङगो हुने थियो !
यसरी पार्टी वाटै पार्टीका ईमान्दार कार्यकर्त्ता लाईं पीड़ा दिने तथा धर्म शंकटमा पार्ने काम किन हुन्छ ! दुनियालाई पिडावाट मुक्त गर्न अग्रसर पार्टीका नेताहरूवाटै हामी जस्ता कार्यकर्ता पीडीत हुनुपर्दा कसरी म्यानेज गर्न सकिएला !
मन र मस्तिष्कमा एक किसिमको विद्रोह पलाएको छ ! आवस्यक सुझावको लागी राखेको छु ! मेरो हित चाहने अहित चहाने सवैले सुझाव दिन सक्नु हुन्छ !!!
पुरुषोत्तम पौडेल
नेकपा !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*