लालबाबु पण्डितको सम्पत्ति : एक थान पुरानो साइकल

ए वान डेस्क
९ जेष्ठ २०७५, बुधबार १४:२८

संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ ।

पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसमा सवारी साधानमा पुरानो एक थान साइकल रहेको उल्लेख छ ।

विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ । ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*