मन्त्री ज्यु ! अमलेखगञ्जको खानेपानी समस्या कहिले समाधान हुन्छ ?

प्रदिप गौतम /
बाराको पर्यटकीय नगरी अमलेखगञ्जमा देखिएको खानेपानी समस्याबारे हिजो सरकारको ध्यानकष्र्ण गराईएको छ । बाराबाट काठमाण्डौ पुगेको जनप्रतिनिधिसहितको एक टोलिले खानेपानी मन्त्री बिना मगरको ध्यानकष्र्ण गराएको हो ।
अमलेखगञ्जमा देखिएको खानेपानी समस्याका बिषयमा जीतपुरसिमरा उप–महानगरपालिकाका जनप्रतिनिधिका साथै नेपाल कम्युष्टि पार्टीका नेताहरुलेसमेत मन्त्री मगरलाई जानकारी गराएका थिए । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष कृष्णबहादुर ठकुरीले अमलेखगञ्जमा देखिएको खानेपानी समस्या समाधान गर्न सरकारले तदारुक्ता देखाउनुपर्ने बताउनुभयो ।
अमलेखगञ्जमा खानेपानी समस्या जटिल बन्दै गएकोभन्दै उहाले दिर्घकालिन समस्या समाधान गर्नेतर्फ सरकारले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । जवाफमा मन्त्री मगरले दिर्घकालिन योजना बनाएर खानेपानी समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । तत्काल खानेपानीको लागी रकम बिनियोजन गर्नेभन्दै उहाले डिपिआर तयार पारेर दिर्घकालीन समस्या समाधान गर्नेतर्फ सरकार अघि बढ्ने बताउनुभयो ।
भेटघाट कार्यक्रममा नेपाल कम्युष्टि पार्टीका केन्द्रिय सदस्य युवराज भट्राई समिर, नेता राजन पौडेल, २१ का वडा अध्यक्ष कृष्ण ठकुरी, २३ का वडा अध्यक्ष अस्लम देवान लगायतको उपस्थिति रहेको थियो ।