पदमा भन्दा जनताको मनमा बस्न चाहन्छु : नेता श्रेष्ठ

ए वान डेस्क /
नेकपाको केन्द्रिय सदस्य नहुदा आफुलाई खासै चित्त नदुखेको नेकपा माओवादी केन्द्रका नेता क्षेत्रबहादुर श्रेष्ठ अनिलले बताउनुभयो । ए वान समाचारसंग कुरा गर्दे उहाले भन्नुभयो ‘भागबण्डा मिलाउदै जादा तलमाथी हुन्छ, यसलाई खासै ठुलो कुराको रुपमा मैले लिएको छैन्’ ।
‘यत्तिको समय पार्टीको नेता/कार्यकर्ता भएर काम गरियो, ढिलो चाडो पार्टीले मुल्यांकन गर्नेछ भन्ने मलाई बिश्वास छ’ उहाले भन्नुभयो । नेतृत्वले गरेको निर्णय नै आफुलाई मान्य हुनेभन्दै उहाले जिल्ला स्तरमा नेता/कार्यकर्ताले चासो राख्नु स्वभाविक भएको बताउनुभयो ।
तपाईलाई प्रदेशमा लैजाने कुरा छ त ? भन्ने प्रश्नमा उहाले भन्नुभयो ‘त्यो पछिको कुरा हो, अहिले पार्टीले केन्द्रकै संरचना तयार गर्देछ, भबिष्यमा के हुन्छ, कसलाई के थाहा’ । ‘पदमा बस्नु मात्र ठुलो कुरा हैन्, जनताको मनमा बस्न सक्नुपर्छ, र म त्यो चाहन्छु’ उहाले भन्नुभयो ।