सत्तापक्षकै सांसद विरोधमा उत्रिएपछि…

ए वान डेस्क
१ असार २०७५, शुक्रबार १०:२१

आफ्नो निर्वाचन क्षेत्रमा प्रस्ताव गरेको योजनामा बजेट नछुट्याएको भन्दै सत्तापक्षकै सांसदहरुले मन्त्रीविरुद्ध आपत्तिजक शब्द प्रयोग गर्न थालेका छन् ।

उनीहरुले मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको अभिब्यक्ति दिएका छन् ।

सत्तापक्षकै सांसद मन्त्रीविरुद्ध एभिएपछि संसद् सचिवालयले शुक्रबारका लागि निर्धारित बैठक आइतबारलाई सारेको छ ।

शुक्रबार महिला बालबालिका, संघीय मामिला, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यक्रम तय गरिएको थियो ।

विहिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र अर्थ मन्त्रालयको बजेटमाथि छलफलमा सत्तापक्षका सांसदहरुले मन्त्रैका चर्को विरोध गरेका छन् ।
, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*