ट्रेड युनियन काँग्रेस : मतदान सम्पन्न

ए वान डेस्क
१ असार २०७५, शुक्रबार २०:२४

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको नेतृत्वका लागि मतदान सम्पन्न भएको छ ।

चार वर्ष नौ महिनापछि मंगलबार शुरु भएको छैटौँ महाधिवेशनअन्तर्गत आज अपराह्न २ बजेदेखि शुरु भएर केहीबेर अगाडिसम्पन्न भएको मतदानमा एक हजार ४२० मतदातामध्ये एक हजार ३९० ले मतदान गरेको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

मतगणना भने केहीबेरमा शुरु गरिने छ । बिहीबार निर्वाचन गरिसक्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि बन्दसत्र र मतदाता नामावली विवादका कारण आज मात्र १७ पदाधिकारीसहित ४४ पदमा हुने मतदान भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*