ओलीलाई गृहमन्त्रीको साथ अन्तिमसम्म, अर्थमन्त्रीको कहिले सम्म ?

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका दुई हस्ती गृह र अर्थमन्त्रीको राष्ट्रिय सभा सदस्यको कार्यकाल टुंगो लागेको छ । सरकारका दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मा राष्ट्रिय सभाका सदस्यले पाएका छन् ।
गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य रामबहादुर थापाको कार्यकाल ६ वर्ष हुने भएको छ । बीचमा फेरबदल नभएमा बादलले ओलीलाई पूरै ५ वर्ष साथ दिनेछन् । ओली सरकारको कार्यकाल सकिएको एक बर्षपछिसम्म उनी सांसद रहिरहने छन् ।
बादल वर्तमान मन्त्रीमण्डलमा राम्रो काम गर्दै चर्चामा रहेका छन् । उनले सम्हालेको गृह मन्त्रालयले यातायात सिन्डिकेट अन्त्य, सुन तस्करी, कामचोर ठेकेदारमाथिको कारवाही, ठग मेनपावरविरुद्धको अभियान नै चलाएका कारण वादलले वाहवाही कमाएका छन् ।
आफैंले थुतेको चिठ्ठामा अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल भने २ वर्षमै सिमित रहने भएको छ । दोहोरो अंकको आर्थिक वृद्धिमार्फत देशमा समृद्धिको जग बसाल्न भन्दै ओलीले खतिवडालाई अर्थ मन्त्रालयको जिम्मा दिएका थिए ।
पुनः निर्वाचित भएमा मात्र खतिवडा ओली सरकारको कार्यकाल भरी अर्थमन्त्री बन्न पाउने छन् । संघीय संसदको पहिलो बैठक बसेको मितिले राष्ट्रिय सभाको कार्यकाल तय हुनेछ ।
संघीय संसदको पहिलो बैठक २०७४ साल फागुन २१ गते बसेको थियो । २ बर्षे कार्यकालको चिठ्ठा परेका सदस्यको कार्यकाल २०७६ साल फागुनसम्म हुनेछ ।
खतिवडा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित कोटामा राष्ट्रिय सभाको सदस्य बनेका थिए । प्रधानमन्त्री ओलीले चाहेको खण्डमा उनी फेरि पनि सिफारिशमा परेर राष्ट्रिय सभा सदस्य बन्न सक्ने छन् ।
तर खडिवडाले ल्याएको बजेटको बिषयमा सत्तारुढ दलकै सांसदहरु सन्तुष्ट देखिएका छैनन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि खतिवडाको बजेटबाट असन्तुष्ट रहेका छन् । नेकपाको स्थायी समिति बैठकमै प्रचण्डले बजेटप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
अर्थमन्त्रीको रुपमा खतिवडालाई निरन्तरदा नदिने निर्णय भएमा उनले आफैं रोजेको दुई बर्षे कार्यकाल नै सदर हुनेछ । उसोत खतिवडाले आफूले ल्याएको बजेटले दुई बर्षसम्म आलोचना खेप्नु पर्ने र दुई बर्षपछि प्रशंशा कमाउने बताएका थिए ।
राष्ट्रियसभामा अभागी कांग्रेस
राष्ट्रिय सभाको गोलाप्रथामा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु ‘अभागी’ देखिएका छन् ।
नेपाली कांग्रेसका १३ जना राष्ट्रियसभा सदस्य मध्ये चार जनाले मात्र पुरा कार्यकाल (६ वर्ष) हुने भएको छ । कांग्रेसका १३ मध्ये सात जनाको पदावधि २ वर्षको मात्र हुने भएको हो । लोकान्तरबाट