नेकपाको तल्ला कमिटी एकताले गति लिएन

ए वान डेस्क
६ असार २०७५, बुधबार ०७:०३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्ला पार्टी कमिटीहरूको एकता प्रक्रियाले गति लिन सकेको छैन । आजको नयाँ पत्रिकामा समाचार छ ।

एकताका लागि भन्दै सातै प्रदेशसहित प्रवासको कार्यदल बनाए पनि कतिपय कार्यदलको बैठकसमेत बस्न सकेको छैन ।

तीनवटा प्रदेश र प्रवास कार्यदलको मात्रै बैठक बसेको छ । सबै कार्यदलमा चार–चार सदस्य छन् ।

प्रदेश कार्यदललाई पार्टी र जनवर्गीय संगठनको प्रदेश कमिटी, जिल्ला कमिटीको तथ्यांक संकलन गरी केन्द्रीय सचिवालयमा बुझाउनुपर्ने जिम्मा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*