मन्त्री पोखरेलले भने – डा. केसी ! अनशन तोडेर चिकित्सा शिक्षा सुधारमा लाग्नुस्

ए वान डेस्क
२७ असार २०७५, बुधबार ०८:५८

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीलाई अनशन तोडेर शक्षा सुधार सम्बन्धी गठन हुने आयोगमा बसेर काम गर्न आव्हान गरेका छन्।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बारे राष्ट्रिय सभामा उठेका प्रश्हरुको मंगलबार जवाफ दिँदै मन्त्री पोखरेलले यस्तो आव्हान हो ।

आजको गोरखापत्रदैनिकको अनुसार उनले जतिसक्दो चाँडो आयोग बनाएर काम गर्नुपर्नेमा जोड दिँदे भने ‘यतिखेर अनशन बस्ने होइन, हामी यथार्थवादी हौं र सही ढङ्गले अघि बढौं, आयोग बनाएर समस्या हल गछौं भनेपछि आयोगमा विश्वास गरौं।’

यसअघि राष्ट्रियसभा बैठकमा पनि राष्ट्रिय चिकिसा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सांसदहरुले विभाजित धारण राखेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*