कोल्हवीमा अन्र्तक्रिया सम्पन्न, सिडिओले जनाए प्रतिवद्धता

ए वान डेस्क
४ श्रावण २०७५, शुक्रबार १४:५४

नविन चौधरी / 

बाराको कोल्हवीमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाराका प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित बिभिन्न सरकारी निकायका प्रमुखहरुको उपस्थितिमा अन्र्तक्रिया सम्पन्न भएको हो ।

अन्र्तक्रियामा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले जिल्लाको शान्ति सुरक्षा कायम गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो । वडा नम्बर १ स्थित ईलाका प्रहरी कार्यालय कोल्हवीको कार्यालय परिषरमा आयोजित  अन्र्तक्रियामा बोल्दै भट्राईले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रशासनसंगै शर्वसाधारणको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराकी प्रहरी उपरीक्षक मिरा चौधरी, राष्ट्रिय अनुसन्धानका प्रमुख उत्तम खनाल, सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल, कोल्हवी नगरपालिकाकी उप–मेयर सुनैनादेवी चौधरी, कार्यकारी अधिकृत रेशम बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो । अन्र्तक्रियामा कोल्हवी लगायत आसपासका क्षेत्रको शान्ति सुरक्षाका बिषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उद्योग बाणिज्य संघ कोल्हवीका अध्यक्ष महेश कुमार साह, वडा नं. १ का अध्यक्ष बिरेन्द्र चौधरी, वडा नम्बर २ का अध्यक्ष गोपाल प्रसाद अधिकारी, वडा नं. ५ का अध्यक्ष पुरन देव चौधरी, समाजसेवी हरीहर चौधरी, रामप्रसाद चौधरी, सुभद्रा धिमाल लगायतले जिज्ञासा राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*