बारामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न माग

ए वान डेस्क
४ श्रावण २०७५, शुक्रबार १५:२१

प्रदिप गौतम /

बाराको भलुहीमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले माग गरेका छन् । क्षेत्र नम्बर ४ को ख अन्र्तगत रहेका बिभिन्न गाउपालिकालाई समेटेर भलुही चोकमा कार्यालय स्थापना गर्न नेताहरुले माग गरेका हुन् ।

जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने सरकारको उदेश्य अनुरुप भलुहीमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न जिल्ला प्रशासन कार्यालय बारामार्फत नेताहरुले सरकारको ध्यानाकषर्ण गराएका छन् । नेकपाका नेता उमेश कुशवाहाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बारा पुगेको एक टोलिले कार्यालय स्थापनाको माग गर्दे आज बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेस केशरीलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमार्फत क्षेत्र नम्बर ४ को ख अन्र्तगत पर्ने पर्सौनी, फेटा, विश्रामपुर र परवानीपुर गाउपालिकालाई समेटेर भलुहीमा कार्यालय स्थापना गर्न माग गरिएको छ । ज्ञापन पत्र बुझाउन नेपाल कम्युनिष्ट पार्टीका नेता उमेश कुशवाहा, विनोद पटेल, अक्षयकुमार ओझा, मनिर देवान, मदन साह र विक्की महत्तो जिल्ला प्रशासन कार्यालय बारा पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*