पर्सौनीमा कार्यकर्ता भेटघाट तथा चियापान

ए वान डेस्क
५ श्रावण २०७५, शनिबार १२:५८

ए वान डेस्क /

बाराको पर्सौनीमा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । प्रर्सौनी गाउपालिकाको योजनाको बिषयमा छलफल गर्न कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरिएको नेकपाका युवा नेता उमेश कुशवाहाले जानकारी दिनुभयो ।

मुसतिकिम असारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति नेकपाका नेता देवनरायण चौधरी रहनुभएको थियो । कार्यक्रममा युवा नेता उमेश कुशवाहा, बिनोद पटेल, महेश बिश्वकर्मा, युरवोधन चौधरी, सुबनरायण साह, सतोस साह, याकुप अनसारी, सुनिल पाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेकपाका नेता देवनारायण चौधरीले विकास निर्माणको काममा एकजुट भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*