चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै २७ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको १५ औं अनसन तोडिएको छ । बुधबार राति र बिहीबार दिनभरको छलफलपछि सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच सहमति भएको हो ।
९ बुँदे सहमतिमा डा. केसीले हस्ताक्षर गरेपछि अनसन तोडिएको हो ।