बाराका दुई सांसद शिक्षा तथा स्वास्थ्य समितिमा

ए वान डेस्क /
विषयगत विभिन्न १० वटा समितिमा रहेका सांसदको नाम अनुमोदन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले संसद्को बिभिन्न समितिमा रहने सासंदको नाम अनुमोदन गरेको हो ।
सभामुख कृष्णबहादुर महराले समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेपछि बैठकले उक्त नाम बहुमतले अनुमोदन गरेको हो । जस अनुरुप बाराबाट २ जना सासंदको नाम अनुमोदन भएको छ ।
संसद सचिवालयका अनुसार बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उमाकान्त चौधरी र क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एकवाल मियाको नाम अनुमोदन गरिएको हो । दुवै जना शिक्षा तथा स्वास्थ्य समितिमा पर्नुभएको छ ।
चौधरी नेपाली काग्रेस तथा मिया राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।