नेकपाका अध्यक्ष प्रचण्ड आज बारा आउने

ए वान डेस्क /
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आज बारा आउनुहुने भएको छ । बारामा आयोजित बिभिन्न दुई कार्यक्रममा सहभागी हुन प्रचण्ड आज बारा आउन लाग्नुभएको हो ।
नेकपाकी केन्द्रिय सदस्य ज्वाला शाहका अनुसार बिश्रामपुर गाउपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रचण्ड बारा आउन लाग्नुभएको हो । साथै कलैया उप–महानगरपालिकाको वडा नम्बर २३ मा पर्ने भतौडा सडकको शिलन्यास गर्न प्रचण्ड बारा आउन लाग्नुभएको केन्द्रिय सदस्य शाहले ए वान समाचारलाई जानकारी दिनुभयो ।
पुर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले बिश्रामपुर गाउपालिकाकाले आयोजना गरेको सो कार्यक्रमलाई सम्बोधनसमेत गर्ने कार्यतालिका रहेको शाहले जानकारी दिनुभयो । उहाका अनुसार प्रचण्ड अहिले बिहान साढे १० बजे बिश्रामपुर आईपुग्नुहुनेछ ।