पाईलट पढाउँदै नगरपालिका

ए वान डेस्क
२२ भाद्र २०७५, शुक्रबार ०९:५५

खाठबिसकोट नगरपालिका ५ का ललित भण्डारीसँग पाईलट बन्ने रुचि थियो । विदेश गई लिनुपर्ने पाईलट कोर्सका लागि पैसोको जोहो गर्न भने सकेका थिएनन् ।

वडा १० का गोविन्द केसीको चाहनालाई पनि आर्थिक अवस्ताले नै रोकेको थियो । दुवैको अप्ठेरो फुकाईदियो आठविसकोट नगरपालिकाले ।

शैक्षिक कर्जा उपलब्ध हुने भएपछि भण्डारी र केसी दुवै पाईलट कोर्स गर्नै फिलिपिन्स उड्ने तयारीमा छन् ।

उनीहरुमात्र होईन, नगरपालिकाले डाक्टर, इन्जिनियर पढ्न चाहने विद्यार्थीका लागि समेत निवेदन माग गरेको छ । ५ जनालाई यसअघि नै नर्स, ओभरसियर अध्ययनको चाँजो मिलार्यसकेको छ ।

दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न शैक्षिक कर्जा दिन थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*