बारामा को बन्ला नेकपाको अध्यक्ष ?

फोटो : बारामा गठित कार्यदलका सदस्यहरु
ए वान डेस्क
२४ आश्विन २०७५, बुधबार ०९:५२

ए वान डेस्क /

प्रदेश नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटीले जिल्ला तहमा एकिकरणका लागि कार्यदल गठन गरेसंगै नेतृत्वको लागी रस्साकस्सी शुरु भएको छ । प्रदेश नम्बर २ को आठ वटै जिल्लामा एकिकरण गर्नका लागि नेकपाको चार सदस्यीय कार्यदल गठन भएसंगै जिल्ला तहमा नेतृत्वको लागी रस्साकस्सी शुरु भएको हो ।

नेकपाले जिल्ला तहमा एकिकरण गर्नको लागी पुर्व एमाले र माओवादी केन्द्रको तर्फबाट २–२ जना सदस्य रहने गरी कार्यदल गठन गरेको छ । स्रोतका अनुसार प्रदेश नम्बर २ मा नेकपाले पुर्व एमालेलाई ४ र माओवादी केन्द्र ४ जिल्लाको नेतृत्व दिने गरी आन्तरीक सहमती गरेको छ ।

कुन जिल्लाको कार्यदलमा को ?

बारा : गोपाल ठाकुर, क्षेत्रबहादुर श्रेष्ठ, बलविर चौधरी र सुन्दर विश्वकर्मा
पर्सा : रामचन्द्र साह, प्रभु हजरा, विजय महतो र छोटेलाल यादव
रौतहट : युवराज भट्टराई, उपेन्द्र साह, कल्याण खडका र कमल यादव
सर्लाही : कमला देवी महतो, रेवती पन्त, शिव पुजन यादव
सिराहा : लिलानाथ श्रेष्ठ, प्रमोद यादव र अजयशंकर नायक
महोत्तरी : योगनारायण यादव, शौखीलाल यादव, राजु खड्का र तुलसी ढुंगाना
सप्तरी : अशोक कुमार मण्डल, महेश यादव, रामप्रित पासवान र गोविन्द न्यौपाने
धनुषा : श्रवण यादव, रामचन्द्र मण्डल, श्रीप्रसाद साह र राजकिशोर यादव

बारामा को बन्ला अध्यक्ष ?

स्रोतका अनुसार नेकपाले पुर्व माओवादी केन्द्रलाई बाराको नेतृत्व दिने गरी आन्तरीक प्रक्रिया अघि बढाएको बुझिएको छ । जस अनुरुप नेकपाले गठन गरेको कार्यदलबाट नाम सिफारिश हुनेछ ।

बारामा गठित कार्यदलमा गोपाल ठाकुर, क्षेत्रबहादुर श्रेष्ठ, बलविर चौधरी र सुन्दर विश्वकर्मा रहनुभएको छ । यद्धपी बाराको नेतृत्व भने नेकपाका युवा नेता श्रेत्रबहादुर श्रेष्ठ अनिलले लिने लगभग पक्का भईसकेको स्रोतको दाबी छ । ‘कार्यदल त एउटा प्रक्रिया मात्र हो, अनिल जि नै लगभग अध्यक्ष हुने पक्का भईसक्यो’ नाम नखुलाउने सर्तमा नेकपाले एक केन्द्रिय नेताले ए वान समाचारलाई भने ।

श्रेष्ठ पुर्व माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । सरल र ईमानदार स्वभावका श्रेष्ठ पार्टीका बफादार सिपाहिका रुपमा चिनिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*