‘एमाले र माओवादीको सबै सम्पती नेकपाको नाममा’

ए वान डेस्क /
नेकपा कम्युनिष्ट पार्टी नेकपाद्धारा बाराका लागी गठित कार्यदलको पहिलो बैठक काठमाण्डौमा सम्पन्न भएको छ । गत कार्तिक ३ गते सम्पन्न कार्यदलको पहिलो बैठकले जिल्लाका बिभिन्न स्थानमा रहेको चल अचल सम्पती नेकपाको नाममा गर्ने निर्णय गरेको छ ।
प्रदेश कार्यालयको निर्देशन अनुसार तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको नाममा रहेको सम्पुर्ण चल अचल सम्पती नेकपाको नाममा गर्ने निर्णय भएको कार्यदलका सदस्य क्षेत्रबहादुर श्रेष्ठ अनिलले ए वान समाचारलाई जानकारी दिनुभयो । ‘पहिलो बैठकले तत्कालिन एमाले र माओवादी केन्द्रको बारा जिल्लाभित्र रहेको सम्पुर्ण सम्पती अहिलेको नेकपाको नाममा गर्ने निर्णय गरेको छ’ श्रेष्ठले भन्नुभयो ।
यसैगरी बैठकले बारामा नेकपाको पार्टी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । कलैयामा रहेको तत्कालिन नेकपा एमालेको पार्टी कार्यालयलाई नै नेकपाको कार्यालय बनाउने तयारी भईरहेको श्रेष्ठले जानकारी दिनुभयो ।
सो कार्यालयको यही कार्तिक १७ गते नेकपाका सचिवालय सदस्य समेत रहनुभएका उप–प्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ ।