तीन पार्टीको एकीकरणका लागि वार्ता

ए वान डेस्क
७ कार्तिक २०७५, बुधबार १६:०१

नेकपा ( क्रान्तिकारी माओवादी ) का उपाध्यक्ष सिपी गजुरेलले जनगणतन्त्र स्थापना गरे मात्र जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित साक्षात्कारमा गजुरेलले संविधानमा दुई वर्षसम्म कुनै प्रधानमन्त्रीलाई हटाउन नमिल्ने प्रावधान राखेर राजनीतिक दलहरुले गम्भीर त्रुटि गरेको आरोप लगाउँदै ‘थुप्रै त्रुटि रहेको यो संविधानलाई‘ खारेज गरेर जनगणतन्त्र ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको, बजारमा महँगी नियन्त्रण गर्न नसकेको, सुन तस्करलाई कारवाही नगरेको र निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै नेता गजुरेलले यो सरकार सफल भएको भन्ने ठाउँ नै नरहेको टिप्पणी गर्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले नेत्रविक्रम चन्द, मोहनविक्रम सिंह तथा ऋषि कट्टेल नेतृत्वका कम्युनिष्ट पार्टीसँग आफ्नो पार्टीको एकीकरणका लागि वार्ता भए पनि निष्कर्षमा पुगिनसकेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*