‘बारा महोत्सव २०७५’ कार्तिक २६ देखि

ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १४ मा यही कार्तिक ९ गतेदेखि १९ गतेसम्म हुने भनिएको बारा महोत्सव २०७५ को मिति सरेको छ । आयोजक यस फाउण्डेशन अफ नेपालले आज एक प्रेस बिज्ञप्ति जारी गर्दे वडा नम्बर १४ हुने भनिएको महोत्सवको मिति सरेको जनाएको हो ।
फाउण्डेशनका अध्यक्ष बेद प्रसाद भट्टद्धारा जारी बिज्ञप्तिमा महोत्सव कार्तिक २६ गतेदेखि हुने उल्लेख छ । कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला (बारा महोत्सव–२०७५) बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा हुन लागेको हो ।
एस फाउण्डेशन अफ नेपालले यसअघि कार्तिक ९ गतेदेखि १९ गतेसम्म वडा नम्बर १४ मा महोत्सव गर्ने भनेको थियो । “कृषि, पर्यटन र उद्योग बाराको पहिचान, दुधौरा रिभर पार्क निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका आयोजना गर्न लागिएको महोत्सवमा कृषि उत्पादनको बजारीकरण तथा प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादनको प्रर्दशनी, दैनिक स्थानिय तथा राष्ट्रिय कलाकारद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुती सहित महोत्सवमा बालमेला व्यवस्था गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
महोत्सवमा बारा र आसपासका जिल्लाहरुवाट करिव दुई लाख दर्शकले सहभागिता जनाउने अनुमान गरिएको छ । अध्यक्ष भट्टले मेलाबाट हुने आर्थिक उपलब्धीलाई सामाजिक क्षेत्रमा सहयोग पुर्याउने बताउनुभयो ।
एस फाउण्डेशन अफ् नेपाल मुनाफा वितरण नगर्ने सामाजिक संस्था हो ।
हेर्नुहोस् बिज्ञप्ति