फुटबल प्रतियोगिता : आज महेन्द्रनगर र जीतपुर भिड्दै

ए वान डेस्क
१३ कार्तिक २०७५, मंगलवार १०:३१

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा जारी फुटबल प्रतियोगितामा आज महेन्द्रनगर युवा क्लब र जीतपुर युवा क्लबबिच खेल हुदैछ । वडा नम्बर २ स्थित हुलास स्टिलको आल्मोनियम डिभिजन पछाडी रहेको खेल मैदानमा दुई टिमबिचको खेल दिउसो ३ बजेपछि शुरु हुने आयोजक कोसेली युथ क्लब सिमराका अध्यक्ष विशाल घिमिरेले जानकारी दिनुभयो ।

यसअघि हिजो भएको खेलमा बिस बिगाह युवा क्लब सिमराले पथलैया युवा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो । १५ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले २० हजार र उप–बिजेताले ११ हजार पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*