राजपाका महामन्त्रीलाई भ्रष्टाचार मुद्धा

ए वान डेस्क
२० कार्तिक २०७५, मंगलवार ०८:२०

निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्धा लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

सिंहले सरकारी सेवामा रहँदा एक करोड ११ लाख ६१ हजार ६ सय रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ ।

सिंह गत बर्ष सहायक वन अधिकृत राजपत्राकिंत पाँचौँ पदबाट राजीनामा दिएर राजनीतिमा लागेका थिए । उनलाई राजपाले प्रदेश सांसदको समानुपातिक सुचीमा समेत राखेको थियो ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*