वाइडबडी प्रकरण छानबिन गर्न निर्देशन
२३ पुष २०७५, सोमबार १२:२९
सार्वजनिक लेखा समितिले वाइडबडी प्रकरण छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
एक महिनाभित्र यसको प्रगति प्रतिवेदन समितिमा पेश गर्न पनि निर्देशन दिएको छ ।














