जीतपुरसिमरामा काग्रेसको बिरोध कार्यक्रम (हेर्नुस् फोटो फिचर)

ए वान डेस्क
१३ पुष २०७७, सोमबार २०:२७

ए वान डेस्क /

संसद विघटन विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाली काग्रेसले आज बाराको सिमरामा बिरोध कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेको बिरोधमा काग्रेसले आज सिमरामा बिरोध कार्यक्रमको आयोजना गरेको हो ।

देशव्यापी कार्यक्रम नेपाली काग्रेस बारा क्षेत्र नम्बर ४ ले आज आयोजना गरेको बिरोध कार्यक्रम सिमरा चोकमा आयोजना गरिएको थियो । सिमराको वडा कार्यालयबाट शुरु गरिएको बिरोध प्रदर्शनले सिमरा बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि सिमरा चोकमा कोण सभा आयोजना गरिएको थियो ।

सिमरा चोकमा आयोजित कोणसभामा बोल्दै नेपाली काग्रेसका नेताहरुले ओलिको अहंकारले देश धरापमा परेको बताउनुभयो । राष्ट्र र राष्ट्रियताको बिपक्षमा ओलि उभिएको भन्दै नेताहरुले यथाशिघ्र निर्णय फिर्ता लिन आग्रह गरे । उनीहरुले असंवैधानीक कदरको बिरोध गर्दै भ्रष्ट सरकार अब आफै पतन भएर जाने बताए ।

कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै काग्रेस जीतपुरसिमराका नगर सभापति श्यामबाबु गुप्ताले ओलिको सरकार भ्रष्टाचारमा लिप्त भएको बताउनुभयो । ओलिले जनताको जनमतको कदर गर्न नसकेकोभन्दै उहाले अब ओलिले लज्जासपद हार व्यहोर्ने बताउनुभयो । नेपाली काग्रेस बारा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापतिको अध्यक्षतामा सम्पन्न कोण सभाको सञ्चालन तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले गर्नुभएको थियो ।

काग्रेसले आयोजना गरेको बिरोध कार्यक्रममा हजारौ कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमलाई मध्यनजर गरी सिमरा चोकमा सुरक्षा व्यवस्था पनि निकै कडा बनाईएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*