जीतपुरसिमरामा ‘लुटतन्त्र’ हाबि छ : नगर सभापति गुप्ता (भिडियोसहित)

ए वान डेस्क
३ माघ २०७७, शनिबार २२:२०

ए वान डेस्क /

संसद विघटनविरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर नै प्रदर्शन गरेको छ । ७५३ वटा पालिकाका ६,७४३ वडामा काग्रेसले एकसाथ विरोध प्रदर्शन गरेको हो । सो अवसरमा नेपाली काग्रेस जीतपुरसिमरा नगर कार्यसमितिले पनि आज विरोध प्रर्दशन गरेको थियो ।

व्यापारिक केन्द्र मानिने जीतपुरमा नगर कार्यसमितिले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनसगै आयोजित सभालाई विभिन्न नेताहरुले सम्बोधन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकारको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको उल्लेख गर्दै कांग्रेसका नेताहरुले सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्ध सिंगो मुलुक जागरुक भएको बताए ।

विरोध प्रदर्शनमा व्यापक सहभागिता रहेको थियो । सो अवसरमा नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले सरकारको कदर असंवैधानिक रहेको बताउनुभयो । उहाले जीतपुरसिमरा उपमहानगरपालिका भ्रष्टचारमा लिप्त हुदै गएको भन्दै उपमहानगरमा संस्थागत भ्रष्टाचार मौलाएको बताउनुभयो ।

आगामी माघ ८ गते पनि काग्रेस नगर कार्यसमितिले विरोध कार्यक्रम गर्ने जनाएको छ ।

भिडियो :

https://www.facebook.com/100014558685019/videos/pcb.1012418415920105/1012416295920317/

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*