अमलेखगञ्ज रमाईलो मेलामा आज ज्योति मगर आउने
ए वान डेस्क /
बाराको अमलेखगञ्जमा जारी अमलेखगञ्ज रमाईलो मेला २०७७ मा आज चर्चित लोक दोहोरी गायिका ज्योति मगर आउने भएकी छिन् । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जको आयोजनामा शुरु भएको रमाईलो मेलामा आज चर्चित गायिका ज्योति मगर आउने भएकी हुन् ।
ज्योति मगरको प्रस्तुती साझ ६ बजेदेखि शुरु हुने आयोजक द लिडका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो । साथमा चर्चित गायक देवेन्द्र कार्कीसहित डान्सहरुको बेजोड प्रस्तुती रहनेछ ।
फागुन २० गतेदेखि शुरु भएको रमाईलो मेला चैत्र १ गतेसम्म सञ्चालन हुनेछ ।















