अमलेखगञ्ज रमाईलो मेलामा आजदेखि निशुल्क बस सेवा
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा जारी अमलेखगञ्ज रमाईलो मेला २०७७ मा आजदेखि निशुल्क बस सेवा शुरु भएको छ । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जको आयोजनामा शुरु भएको मेलामा आजदेखि निशुल्क बस सेवा शुरु भएको हो ।
दर्शकको सुविधालाई मध्यनजर गर्दै अमलेखगञ्ज क्षेत्रमा निशुल्क बस सेवा शुरु गरिएको आयोजक द लिडका अध्यक्ष बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो । ‘हामीले दर्शकलाई सजिलो होस् भनेरै आजदेखि बस सेवा शुरु गरेका छौ, दर्शहरुलाई हामी आफै ल्याउछौ अनि पुर्याउछौ’ उहाले भन्नुभयो ।
अमलेखगञ्जको ग्रामिण भेगबाट मेला आउने आउने दर्शकहरुलाई निशुल्क बस सेवाले फाईदा पुग्ने आयोजकले बिस्वास गरेको छ । फागुन २० गतेदेखि शुरु भएको मेला चैत्र १ गतेसम्म चल्नेछ ।
मेलामा आज चर्चित गायक रोज मोक्तान आउदैछन् ।























