चैत्र १२ देखि ‘ठोरी कृषि तथा सास्कृतीक महोत्सव २०७७’ हुने

ए वान डेस्क /
ऐतिहासिक एवं पर्यटकीय नगरी पर्साको ठोरीमा ठोरी कृषि तथा सास्कृतीक महोत्सव २०७७ हुने भएको छ । चौतारी कृषि सहकारी संस्था लि. ठोरी–४, पर्साको आयोजना यही चैत्र १२ गतेदेखि महोत्सव हुन लागेको हो ।
ठोरी गाउपालिका वडा नम्बर ४ आठघरेमा हुन लागेको महोत्सव चैत्र २२ गतेसम्म चल्नेछ । ठोरी गाउपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका अध्यक्ष निमा लामाले महोत्सवको तयारी तिब्र रुपमा भईरहेको बताउनुभयो ।
‘चैत्र १२ गतेदेखि हुने महोत्सवको तयारी हामिले धमाधम गरिरहेका छौ, महोत्सव भब्य बनाउने हाम्रो योजना छ’ लामाले भन्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै द लिडका अध्यक्ष बिमल खड्कीले महोत्सव सफल रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
उक्त कार्यक्रमको सञ्चालन प्रदेश मिडिया प्रा.लि सिमराका अध्यक्ष प्रदिप गौतमले गर्नुभएको थियो । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्ज र मिलन साउण्ड सर्भिस सिमराको सह आयोजनामा हुन लागेको महोत्सवमा प्रदेश मिडिया प्रा.लि सिमरा ईभेन्ट सहयोगी रहेको छ ।
महोत्सवमा ठोरी एक्सप्रेस डटकम, रेडियो विजयवस्ती ९०.१ मेगाहर्ज, ठोरी पर्सा खबर डटकम, सबैको समाचार डटकम, ए वान समाचार डटकम, ए वान टिभि मिडिया पार्टनर रहेको छ । महोत्सवमा कृषि सम्बन्धी स्टलहरु, मनोरञ्जनात्मक बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, १०० भन्दा बढि व्यापारिक स्टलहरु, खानाका बिभिन्न परिकारहरु, सेल्फी÷टिकटक जोन, ठोरी डान्स आईडल २०७७ समेत रहेको द लिडका अध्यक्ष बिमल खड्कीले जानकारी दिनुभयो ।