ठोरी कृषि तथा सास्कृतीक महोत्सवको सम्पुर्ण तयारी पुरा

ए वान डेस्क /
ठोरी गाउपालिका वडा नम्बर ४ मा हुन लागेको ठोरी कृषि तथा सास्कृतीक महोत्सव २०७७ को सम्पुर्ण तयारी पुरा भएको छ । चौतारी कृषि सहकारी संस्था लि. ठोरी ४ पर्साको आयोजनामा वडा नम्बर ४ स्थित आठघरेमा हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पुरा भएको हो ।
आयोजक समितिका अध्यक्ष निमा लामाले सम्पुर्ण सबै तयारी पुरा भएको बताउनुभयो । महोत्सवको ठोरी गाउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले भोलि उद्घाटन गर्ने कार्यक्रम छ । भोलिदेखि शुरु हुने महोत्सव चैत्र २२ गतेसम्म चल्नेछ । महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ ।
https://www.facebook.com/theleadentertainmentadvertisingbirgunj/videos/114198337304908