बारामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

ए वान डेस्क /
संसद बिघटनको बिरोधमा बारामा राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलिको पुत्ला दहन गरिएको छ । कलैयाको भरचोकमा समाजवादी युवा संघ बाराले आज राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
युवा संघले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै नाराबाजीसहित पुत्ला दहन गरेको थियो । पुत्ला दहन गर्नुअघि राष्ट्रपति र प्रधानमन्त्रीबिरुद्ध चर्को नारा लगाईएको समाजवादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डेयले जानकारी दिनुभयो ।