काग्रेस नेता अर्यालको ‘जन्मदिन’ : सिमरा प्रहरीलाई मास्क र सेनिटाईजर सहयोग

ए वान डेस्क /
नेपाली काग्रेसका युवा नेता रामकुमार अर्यालले ईलाका प्रहरी सिमरालाई आज ५०० वटा मास्क र सेनिटाईजर सहयोग गर्नुभएको छ । आज परेको आफ्नो २९औ जन्मदिनको अवसरमा युवा नेता अर्यालले सिमरा प्रहरीलाई मास्क र सेनिटाईजर सहयोग गर्नुभएको हो ।
नेपाल तरुण दल जीतपुरसिमरा उपमहानगर कमिटिका सह सचिव समेत रहनुभएका युवा नेता अर्यालले जन्मदिनको अवसरमा मास्क, सेनिटाईज र ग्लोब्स प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । बिभिन्न संघ संस्थामा समेत आबद्ध रहनुभएका अर्यालले सामाजिक गतिविधिलाई निरन्तर्ता दिदै आईरहनुभएको छ ।
सो अवसरमा नेता अर्यालले फजुल गरेर जन्मदिन मनाउनुभन्दा सामाजिक कार्य गरेर जन्मदिन मनाउन पाउदा आफु निकै खुशी भएको बताउनुभयो । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जन्मदिनको शुभकामना दिदै सामाजिक कार्यमा थप सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी अर्याल राधाकृष्ण सामुदायीक बन उपभोक्ता समुह र रुपान्तरण युवा क्लब सिमरामा सदस्य पनि हुनुहुन्छ ।