नयाँ पार्टी बनाउन माधव नेपाललाई क-कसले साथ दिए (५७ केन्द्रीय सदस्यको सूची)

ए वान डेस्क
२ भाद्र २०७८, बुधबार १९:४३

एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ता प्रक्रियालाई अगाडि बढाएको छ । नेकपा एमाले(समाजवादी) नेपालमा पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएको छ ।

नयाँ दल दर्ताका लागि माधव नेपाल समूहलाई ५७ जना केन्द्रीय सदस्यले साथ दिएका छन् । तत्कालका लागि नवौँ महाधिवेशनबाट चयन भएका ५७ जनाले साद दिएको नेपाल पक्षले जानकारी दिएको छ । वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल सहित ५७ जनामा लामो समयदेखि ओलीविरुद्ध माधव नेपाललाई साथ दिएका नेताहरु छैनन् । भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य जस्ता नेता यो सूचीमा छैनन् । उनीहरु ओलीको पक्षमा पनि खुलेका छैनन ।

तत्काल यति भए पनि आफ्नो पक्षमा रहेका अन्यले पनि साथ दिने दावी नेपाल पक्षका नेताहरुको छ । यसमा पार्टी उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरु थपिन सक्ने नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले बताएका छन् ।

यी हुन नेपाल पक्षलाई साथ दिने ५७ केन्द्रीय सदस्य

यी हुन् केन्द्रीय माधव पक्षीय सदस्यहरुको नामावली !

१. माधवकुमार नेपाल अध्यक्ष रौतहट
२. झलनाथ खनाल बरिष्ठ नेता इलाम
३. मुकुन्दन्यौपाने सदस्य भोजपुर
४. प्रदीप नेपाल सदस्य भोजपुर
५. डा.बेदुराम भुसाल सदस्य अर्घाखाँची
६. प्रमेशकुमार हमाल सदस्य काठमाडौं
७. राजेन्द्रप्रसाद पाण्डे सदस्य धादिङ
८. डा.विजयकुमार पौडेल सदस्य कपिलबस्तु
९. गंगालाल तुलाधर सदस्य धादिङ
१०. प्रकाश ज्वाला सदस्य सल्यान
११. नागेन्दप्रसाद्र चौधरी सदस्य पर्सा
१२. जयन्तीदेवी राई सदस्य भोजपुर
१३. तुलबहादुर गुरुङ सदस्य कास्की
१४. जगन्नाथ खतिवडा सदस्य उदयपुर
१५. प्रतापलाल श्रेष्ठ सदस्य तनहूँ
१६. जीवनराम श्रेष्ठ सदस्य काठमाडौं
१७. धर्मनाथ प्रसाद साह सदस्य सिराहा
१८. रामप्रित पासवान सदस्य सप्तरी
१९. रामचन्द्र यादव सदस्य सिराहा
२०. यदुवंशझा सदस्य धनुषा
२१. रत्नेश्वर गोइत यादव सदस्य धनुषा
२२. श्रीप्रसाद साह सदस्य धनुषा
२३. रविन्द्र बैठा धोवी सदस्य सर्लाही
२४. लक्ष्मण पौडेल सदस्य सर्लाही
२५. मदनकुमारी शाह(गरिमा) सदस्य कैलाली
२६. देवशंकर पौडेल सदस्य रामेछाप
२७. विरोध खतिवडा सदस्य मकवनपुर
२८. मेटमणी चौधरी सदस्य दाङ
२९. विश्वनाथप्याकुरेल सदस्य काठमाडौं
३०. प्रेमलकुमार खनाल सदस्य ईलाम
३१. विजय गुरुङ सदस्य पर्वत
३२. सावित्राकुमारी भुसाल सदस्य अर्घाखाची
३३. रामकुमारी झाँक्री सदस्य गुल्मी
३४. गौरा प्रसाईं कोइराला सदस्य कैलाली
३५. रामकुमार ज्ञवाली सदस्य गुल्मी
३६. खगेन्द्र चुडाल सदस्य झापा
३७. सरलाकुमारी यादव सदस्य रौतहट
३८. सुधिरप्रसाद साह सदस्य धनुषा
३९. कल्याणीकुमारी खड्का सदस्य रौतहट
४०. शत्रुधनमहतो सदस्य धनुषा
४१. रामचन्द्र साह तेली सदस्य पर्सा
४२. दिनेशकुमार राई सदस्य धनकुटा
४३. हंशबहादुर शाही सदस्य डोल्पा
४४. शेरबहादुर के.सी. सदस्य रुकुम
४५. निरादेवी जैरु सदस्य डडेल्धुरा
४६. प्रेमबहादुर आले सदस्य
४७. भागवत नेपाली सदस्य दाङ
४८. चुडामणी वि.क. जंगली सदस्य स्याङजा
४९. घनेन्द्र बस्नेत सदस्य भोजपुर
५०. राजेन्द्र कुमार राई सदस्य भोजपुर
५१. बलदेव चौधरी सदस्य उदयपुर
५२. डा.देउमान सम्बाहाम्फे सदस्य पाचथर
५३. भाष्कर काफ्ले सदस्य पाँचथर
५४. कृष्णप्रसाद शर्मा खनाल सदस्य गोरखा
५५. रविन कोइराला सदस्य पाचथर
५६. केदारप्रसाद नेउपाने सदस्य झापा
५७. महमद महफुज अन्सारी सदस्य सुनसरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*