२५ लाख जित्ने यो प्रश्न, के हो सही उत्तर ?

ए वान डेस्क
९ भाद्र २०७८, बुधबार ०९:२६

टिभी गेम शो ‘कौन बनेगा करोडपति १३’ शुरू भइसकेको छ ।

यसमा दोस्रो दिन भारतकी डा. नेहा हट सिटमा बसेकी थिइन् ।

उनले २५ लाख जित्ने प्रश्नमा खेलबाट बाहिरिइन् ।

उनीसँग कुनै पनि लाइफलाइन थिएन र अन्त्यमा खेलबाटै बाहिरिइन् ।

उनले १२ लाख ५० हजार मात्र जितिन् ।

उनलाई प्रश्न सोधिएको थियो, पूर्व क्रिकेटर सुसान इट्टीचेरिया, राष्ट्रमन्डल खोलमा पदक जित्नेवाला कुन खेलाडीको आमा हुन् ?

जसमा अप्सन थियो, ज्वाला गुट्टा, अन्जू बोबी जोर्ज, दीपिका पल्लिकल र अश्विनी पोनप्पा ।

उनले यस प्रश्नको जवाफ दिन सकिनन् ।

यद्यपी यस प्रश्नको जवाफ भने दीपिका पल्लिकल हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*