थारु गित ‘चोटी वाली छौरी’ युट्युबमा (भिडियोसहित)
ए वान डेस्क /
थारु गीत चोटी वाली छौरीको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय निर्देशक सावनको निर्देशनमा तयार भएको भिडियो शनिवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । सो म्युजिक भिडियो बि एण्ड जि ईन्टरटेनमेन्ट नेपाल युट्युबमार्फत सार्वजनिक गरिएको हो । सो गितमा सोनु कुस्मी र भानु थापाले स्वर दिएका छन् ।
भिडियोमा बिरु चैधरी र लिजा कोशल चौधरीले अभिनय गरेका छन् । लिजा कोशलले दर्जनौं मैथिली भिडियोमा अभिनय गरिसकेकी छिन् । प्रमोद चौधरीको शब्द, गणेश चौधरी र भानु थापाको संगितमा तयार भएको गितमा राज कुश्मीले र्याप हानेका छन् ।
यस गीतको भिडियोलाई सावन शर्माले निर्देशन गरेका छन् भने क्यामेरा विकास गुरुङ्गले सम्हालेका छन् । फोटोग्राफरमा बिजय ठाकुर, सह फोटोग्रफरमा अनिल, मुना ,आकाशको भुमिका रहेको निर्देशक सावनले बताए ।























