षडयन्त्र गरेर जीतपुरसिमरालाई असफल बनाईयो : पौडेल

ए वान डेस्क /
नेकपा एमालेका युवा नेता मनोज पौडेलले षडयन्त्र गरेर जितपुरसिमरा उपमहानगरपालिकालाइ असफल बनाइएको आरोप लगाउनुभएको छ । नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को प्रभात टोल भेलालाइ सम्बोधन गर्दै उहाले बिपक्षीका कारण उपमहानगर असफल भएको बताउनुभयो ।
माओवादी र काङ्ग्रेसको बहुमत भएपनि जितपुरसिमरा उपमहानगरपालिकामा काम गर्ने अवस्था नरहेको उहाले बताउनुभयो । पौडेलले एमालेले जिते मात्र उपमहानगरको बिकास हुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जितपुरसिमराका नगर सचिव रत्न उप्रेती, नगर अध्यक्ष भोला अधिकारी, जिल्ला सदस्य कासिम हुसेन, जिल्ला सचिवालय सदस्य कमला घिमिरे, अमृतलाल श्रेष्ठ लगायतले बोल्नुभएको थियो । वडा कमिटी अध्यक्ष रबिन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न भेलाको संचालन सचिव विशाल घिमिरे तथा स्वागत मन्तव्य बेलि पाठकको रहेको थियो ।
टोल भेलाले दामोदर गौतमको अध्यक्षतामा ३५ सदस्यिय प्रभात टोल कमिटी गठन गरेको छ । गठित कमिटिको उपाध्यक्षमा निरमाया लामा, सचिवमा स्वस्थानि सुबेदि, सहसचिव मा सन्जु रेग्मी, सिताराम नेपाल लगायत रहनुभएको छ ।